काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

मंगलबार भएको राष्ट्रिय सभामा मतदानमा कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खस्यो ।
मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरे ।
शर्माकोे प्रस्तावको पक्षमा १७ मत खसेका थियो भने विपक्षमा ३९ मत खसेको थियो।