किन भत्काइयो काँडेतार ?

देशको स्वाधीनता र अखण्डताको विषयवस्तु समेटेर तयार गरिएको राष्ट्रप्रेमले ओतप्रोत नेपाली चलचित्र काँडेतार प्रदर्शनमा अप्रत्यक्ष रुपमा रोक लगाइएको छ । राष्ट्रिय भावनालाई जगाउँदै सबैलाई सचेत गराउन खोजिएको नवल खड्काद्वारा निर्माण तथा निर्देशन गरिएको उक्त नेपाली चलचित्र प्रदर्शनमा रोक लगाइनुले नेपाली साहित्य, कला र सङ्गीतमाथि नै निर्मम प्रहार गर्न खोजिएको महसुस यतिखेर व्याप्त छ ।

नेपाली मौलिक संस्कृतिमाथि नै ठाडो हस्तक्षेप गरिएका विदेशी चलचित्रहरु खुलेआम प्रदर्शन भइरहेका छन् । देशभरका प्रायः सिनेमा हलहरुमा हिन्दी, अङ्ग्रेजीलगायतका फिल्महरुले कब्जा जमाइरहेको परिप्रेक्ष्यमा काडेतारमाथिको अप्रत्यक्ष प्रतिबन्ध पटक्कै सुहाएको छैन । चलचित्र प्रदर्शनका लागि अत्यन्तै न्यून संख्यामा हल उपलब्ध गराइनु, त्यसमा पनि प्राइम टाइम उपलब्ध नगराइनुले शंका गर्ने पर्याप्त आधार दिएको छ । वास्तबमा साहित्य र कलाले समाज बोल्छ, देश बोल्छ र मानवका भित्री मनहरु बोल्छ । यस्तो सन्दर्भमा यी क्षेत्रमा लागेका कलाकारहरुलाइ निरुत्साहित गर्ने उद्देश्यले चालिने कदम निश्चय पनि राष्ट्रियताको सबालमा दुरगामी असर पर्नेमात्रै होइन घातकसमेत बन्न सक्दछ । देशको सीमा सुरक्षा यतिबेला निकै चुनौतीपूर्ण अवस्थामा छ । सिमानाको रक्षा गर्नु विशेषगरी राज्यको जिम्मेवारी हो अनि नागरिकको पनि । नेपाल भूमिमाथि गिद्धे नजर राख्ने जोकसैको भण्डाफोर गर्नु सचेत नागरिकको कर्तब्य हो । यसै विषयलाई कलात्मक रुप दिएर पस्कन खोज्ने हरेक विधाका कलाकार एवं सचेत नागरिकहरूलाई प्रोत्साहन गर्नु राज्यको कर्तव्य हो तर उल्टै तिनीहरूका कामलाई दुरुत्साहित गर्नु कदापि उपयुक्त होइन । कविले कविता लेख्नु, नाटककारले नाटक लेख्नु, गीतकारले गीत लेख्नु उसको धर्म हो। त्यस्तो धर्मलाई प्रतिबन्ध गर्नु महापाप पनि हो । यसै सन्दर्भमा राष्ट्र जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्ने नेपाली कथानक चलचित्र ‘काडेतार’ माथिको प्रतिबन्धले तमाम नेपालीहरुको मनमा गम्भीर आशङ्का समेत पैदा गरेको छ । केवल व्यापारको मात्र उद्देश्य राखेर हचुवाको भरमा कहिल्यै चलचित्र नबनाउने सिनेकर्मी नवल खड्काले विशेष विषयवस्तुको छनोट गरी लामो समयको खोज, अनुसन्धान पछि मात्र चलचित्र निर्माण गर्दै आएका छन् l उनी आफ्ना हरेक चलचित्रको निर्माण पश्चात् चर्चामा आउने गरेका छन् l ‘काँडेतार’ मा भारतीय विस्तारवाद नीति, सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले भोगिरहेको पीडा र नेताहरुको लम्पसारवादी चरित्रलाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ l झट्ट हेर्दा कतिपयलाई चलचित्र भारत बिरोधीजस्तो लागे पनि वास्तमा चलचित्रमा तीतो यथार्थको भण्डाफोर गरिएको छ l यस चलचित्रले हरेक नेपालीको मनमा अन्तर्निहित राष्ट्रप्रेम र स्वाभिमानलाई पुन: जागृत गराउने काम गरेको छ ।

स्रष्टाले सिर्जना गर्ने विषयवस्तुहरु निर्वाधरुपमा पस्कने वातावरण बनाउदै कलाको सम्मान गर्न कुनै किसिमको कन्जुस्याइँ गर्नु पटक्कै जायज हुँदैन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?