back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

प्रतिनिधिसभा बैठक आज, कांग्रेसले अवरोध गर्ने

spot_img

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन्।

आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै आजकै बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची राखिएको छ। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएसम्म आज पनि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ।

नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेसले सदन अवरुद्ध गर्दै आइरहेको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?