प्रतिनिधिसभा बैठक आज, कांग्रेसले अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन्।

आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै आजकै बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची राखिएको छ। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएसम्म आज पनि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ।

नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेसले सदन अवरुद्ध गर्दै आइरहेको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?