back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

आगलागीबाट बस्ती नै सखाप

spot_img

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ ।

Workplace

आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।

प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो ।

फुसको छानामा बिजुलीको तारबाट झिल्का झरेलगत्तै बस्तीमै आगो फैलिएर सबै घर जलेर नष्ट भएको ठकुरीको भनाइ छ ।

जलेर नष्ट भएका सबै घर बाँस र सन्ठीको टाटी तथा खरको छाना भएका थिए । यसअघि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का झर्दा स्थानीयले नियन्त्रण गरेका थिए । आगो नियन्त्रणको काम राति अबेरसम्म पनि भइरहेको डीएसपी दाहालले बताए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?