आगलागीबाट बस्ती नै सखाप

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ ।

आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।

प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो ।

फुसको छानामा बिजुलीको तारबाट झिल्का झरेलगत्तै बस्तीमै आगो फैलिएर सबै घर जलेर नष्ट भएको ठकुरीको भनाइ छ ।

जलेर नष्ट भएका सबै घर बाँस र सन्ठीको टाटी तथा खरको छाना भएका थिए । यसअघि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का झर्दा स्थानीयले नियन्त्रण गरेका थिए । आगो नियन्त्रणको काम राति अबेरसम्म पनि भइरहेको डीएसपी दाहालले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?