back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

हिमालयन लाइफ अर्घाखाँचीद्वारा दाबी रकम हस्तान्तरण

spot_img

अन्जना खनाल,
अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँचीले मृतकको परिवारलाई मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ निवासी मोतीकला खत्रीको केही समय अगाडि भारतमा उपचारको क्रममा मृत्यु भएको थियो ।

केही वर्ष अगाडि हिमालयन लाइन इन्स्योरेन्स कम्पनि लिमिटेडमा बिमा गरेकी स्व मोतीकला खत्रीको इच्छाएको व्यक्ति निजको श्रीमान धन बहादुर खत्रीलाई  शाखा प्रमुख दिनेश सुनारले चेक हस्तान्तरण कार्यक्रम आयोजना गरि एक लाख उनान्नब्बे हजार रुपैयाँ  बराबरको चेक रकम हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै सुनारले ” बिमा जीवन” मानव जीवनको हरेक स्थिति र परिस्थितिको आधारभूत आवश्यकता रहेको जनाएका थिए । बिमाले सुरक्षा , सम्पत्ति, पेन्सन सहितको सुन्दर र समृद्ध जीवनको ग्यारेन्टी गर्ने हुँदा आम नागरिकलाई जीवन बिमा गर्न अपिल गर्दै स्वर्गीय खत्रीको वैकुण्ठबास कामना गर्दै शोकाकुल परिवारमा गहिरो संवेदना समेत प्रकट गरेको जनाईएको छ । 

चेक हस्तान्तरण कार्यक्रममा शाखाका मार्केटिङ कर्मचारी चन्द्र बहादुर  सारुँ, राम बहादुर बिक र निर्मला जिसीको सहभागितामा रहेको थियो ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?