हिमालयन लाइफ अर्घाखाँचीद्वारा दाबी रकम हस्तान्तरण

अन्जना खनाल,
अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँचीले मृतकको परिवारलाई मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ निवासी मोतीकला खत्रीको केही समय अगाडि भारतमा उपचारको क्रममा मृत्यु भएको थियो ।

केही वर्ष अगाडि हिमालयन लाइन इन्स्योरेन्स कम्पनि लिमिटेडमा बिमा गरेकी स्व मोतीकला खत्रीको इच्छाएको व्यक्ति निजको श्रीमान धन बहादुर खत्रीलाई  शाखा प्रमुख दिनेश सुनारले चेक हस्तान्तरण कार्यक्रम आयोजना गरि एक लाख उनान्नब्बे हजार रुपैयाँ  बराबरको चेक रकम हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै सुनारले ” बिमा जीवन” मानव जीवनको हरेक स्थिति र परिस्थितिको आधारभूत आवश्यकता रहेको जनाएका थिए । बिमाले सुरक्षा , सम्पत्ति, पेन्सन सहितको सुन्दर र समृद्ध जीवनको ग्यारेन्टी गर्ने हुँदा आम नागरिकलाई जीवन बिमा गर्न अपिल गर्दै स्वर्गीय खत्रीको वैकुण्ठबास कामना गर्दै शोकाकुल परिवारमा गहिरो संवेदना समेत प्रकट गरेको जनाईएको छ । 

चेक हस्तान्तरण कार्यक्रममा शाखाका मार्केटिङ कर्मचारी चन्द्र बहादुर  सारुँ, राम बहादुर बिक र निर्मला जिसीको सहभागितामा रहेको थियो ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?