सभामुखसहित शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै

काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष  राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो।

अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ।

सभामुखसहित ४ प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार जेनेभा जाने भएकोले प्रतिनिधिसभा १० दिनका लागि स्थगित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्ने छ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि बैठक  स्थगित भएको हो। १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए।

सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?