आजबाट एसईई सुरु, परिक्षा केन्द्र शिद्धेस्व लालकुमारी माविमा ४०० विद्यार्थी सहभागि

सुजिता श्रेष्ठ,
बुटवल । आज विहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुभएको छ।

एसईई परिक्षा केन्द्र रहेको बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको शिद्धेस्व लालकुमारी माविमा पहिलो दिन विभिन्न बिद्यालयवाट सहभागी सम्पुर्ण विद्यार्थीलाई स्वागत गरिएको थियो । विद्यार्थीको आत्मबल बढाउने लक्ष्यका साथ प्रोत्साहन स्वरुप विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम गाहाले परिक्षामा सफलताको कामना गर्दै परिक्षालाई मर्यादित बनाउन समेत उने आग्रह गरे।

सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालयका प्राचार्य तथा केन्द्राअध्यक्ष दिनानाथ गिरीले परिक्षार्थीको मनोबल उच्च राख्न विद्यार्थीहरुलाई हौंसला प्रदान सँगै विद्यार्थीहरुलाई स्वागत गरि परिक्षाहलमा प्रवेश गराईएको बताए । शान्त र मनोरम वातावरणको महसुस हुनेगरी विद्यार्थीहरुलाई सिद्धेश्वर माविमा परिक्षा दिने वातावरण तयार गरिएको बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए ।

यस केन्द्रबाट परीक्षा दिने एक जना दृष्टिबिहिन बिद्यार्थी इशुप बिकलाई प्राचार्य दिनानाथ गिरीले खादा लगाई शुभकामना ब्यक्त गरि सम्पुर्ण विद्यार्थी हरुलाई हरुलाई परीक्षा हलमा प्रबेश गराए । यस केन्द्रमा स्वास्थ्य सहायता कक्ष (Health Desk)को पनि व्यवस्था गरिएको छ । केही समस्या अथवा बाधा उत्पन्न भएमा सम्पर्क गर्ने व्यबस्था पनि रहेको विद्यालयले जानकारी गराएको थियो ।

यस केन्द्रबाट करिब ४०० विद्यार्थीहरु परिक्षामा सहभागि भएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?