कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको हो । उहाँले आफूलाई कमरेड शब्द धेरै मनपर्ने तथा कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनु भयो ।

अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आबद्ध हुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?