अन्जना खनाल,
अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले कम्पनीका मार्केटिङ विभाग प्रमुख माधव शर्माको हातबाट सन्धिखर्कमा विभिन्न कार्यमा आबद्ध १ सय भन्दा माथी श्रमिकहरुलाई टिसर्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न जिल्लामा मौसम अनुसार टिसर्ट र ज्याकेट वितरण अभियान सन्चालन गरेको जनाइएको छ । यो अभियान निरन्तर अगाडि बढ्ने मार्केटिङ प्रमख शर्माले जनाए।
जिल्लाको सन्धिखर्क नगरपालिका -१ शान्ती बगैंचामा आयोजित उक्त टिसर्ट सौजन्य कार्यक्रममा कम्पनी मार्केटिङ प्रमुख माधब शर्मा, प्रदेश प्रमुख बुद्ध सुर्यवशी ,शाखा प्रमुख दिनेश सुनार लगायत शाखाका कर्मचारी साथै MDRT तथा एजेन्सी म्यानेजरहरुको उपस्तिथि रहेको थियो ।