back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

सहप्रा. नन्दन भट्टराईको अभिनन्दन

spot_img

डा. उमेशप्रसाद घिमिरे
संस्कृत वाङ्‌मयप्रति समर्पित साधक नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक नन्दनकुमार भट्टराईले ६३ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएको छ र हिजो नै उहाँले वाल्मीकि विद्यापीठमा अन्तिम हाजिरी गर्नु भएको थियो। संस्कृत र संस्कारप्रति अत्यन्त श्रद्धा र आस्था राख्ने निष्ठावान् भट्टराईको अवकाशमा वाल्मीकि विद्यापीठले एक भव्य समारोह आयोजना गरी अभिनन्दन गरेको छ ।

Workplace

वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालको सभाध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष ऋषिकल्प गुरु प्राध्यापक विद्यानाथ उपाध्यायको प्रमुखातिथ्यमा सम्पन्न उक्त समारोहमा वाल्मीकि विद्यापीठका पूर्व प्राचार्यहरु‌को विशेष समुपस्थिति रहेको थियो भने विभिन्न संघसङ्ग‌ठनका प्रतिनिधि र ने.सं.वि. केन्द्रीय प्राध्यापक संघका सभापति प्रा. डा. मुकुन्दप्रसाद लामिछाने, पूर्वसभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, प्रा-शम्भुप्रसाद गौतम, महासचिव डा. नारायणप्रसाद बराललगायत विद्यापीठका विभिन्न विभागका विभागाध्यक्ष तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

अभिनन्दन समारोहमा प्राध्यापक संघ वालीकि विद्यापीठ इकाइका सभापति प्राध्यापक घनश्याम भण्डारी, कर्मचारी ने. सं. वि. का अध्यक्ष रमेश जोशी, ने. सं. वि. प्राध्यापक संघका पूर्वसभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, वाल्मीकि साहित्य विभागाध्यक्ष प्रा. डा. नुरापति पोख्रेल, शिक्षाशास्त्री संयोजक डा. वीपीराज न्यौपाने, पूर्व प्राचार्य डा. गणेशप्रसाद घिमिरे, पूर्व प्राचार्य प्राध्यापक ध्रुवप्रसाद ज्ञवाली, पूर्वप्राचार्य प्राध्यापक लीलानाथ पौडेल, प्रगतिशील प्राध्यापक संघ वाल्मीकिका अध्यक्ष प्राध्यापक लक्ष्मीनारायण पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिका अध्यक्ष सह प्रा. मुरलीधर दाहाल, ने. सं.वि. विदेश विभाग प्रमुख डा. प्रेमराज न्यौपानेलगायतले अवकाश प्राप्त प्रा. नन्दन भट्टराईको व्यक्तित्वका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो । शुभाशंसा मन्तव्य दिने क्रममा पूर्वप्राचार्य प्राध्यापक हरिप्रसाद गौतमज्यूले स्वधर्मसंस्कृति र संस्कृत वाङ्‌मयको संरक्षणमा सबै प्राध्यापक तथा गुरुवर्ग एकजुट भएर अधि बढ्नु पर्ने भन्दै “वयं राष्ट्रे जागृयाम पुरोहिताः” वेदमन्त्रको व्याख्या गर्नु भएको थियो । त्यसैगरी पूर्वप्राचार्य प्राध्यापक दुर्गाप्रसाद दाहालज्यूले सेवानिवृतिपश्चात् अझ सक्रियतापूर्वक संस्कृत विद्या, गुरुकुल र समाजसेवामा काम गर्न सकिने भएकाले भट्टराईलाई पनि गुरुकुलको सेवामा समर्पित हुन आग्रह गर्नुभएको थियो ।ने. सं. वि. केन्द्रीय प्राध्यापक संघका सभापति प्रा. डा. मुकुन्दप्रसाद लामिछानेले अवकाशप्राप्त भट्टराई असाधारण विद्यार्थी, आसाधारण गुरु, असाधारण मित्रका रूपमा लोकप्रिय हुनुहुन्छ भन्दै उहाँको संस्कृतदृष्टि, समाजदृष्टि, राजनीतिदृष्टि, विश्वदृष्टि अद्वितीय तथा महतत्त्वपूर्ण भएकाले पृथक् पृथक् दृष्टिलाई लिएर पृथक् पृथक् पुस्तक तयार पार्न सकिने अर्थात् उहाँको विविध व्यक्तित्वका बारेमा ठूलो ठेली निर्माण गर्न सकिने विचार राख्दै उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।

ने. सं. वि. का पूर्वकुलसचिव तथा न्याय विभागाध्यक्ष प्राध्यापक जगत्‌प्रसाद उपाध्यायले भट्टराई उच्च राष्ट्र‌वादी व्यक्तित्व, भाषा, समाज, संस्कृतिप्रति उच्च नैष्ठिक व्यक्तित्व, आफ्नो मूलविषय संस्कृत सहित्यका निष्णात् व्यक्तित्वको प्रसंशा गर्दै ज्ञानवृद्ध, वयोवृद्ध अनुभववृद्धका त्रिवेणी नन्दन भट्टराईलाई कलम चलाई ग्रन्थ प्रकाशन गर्नका लागि विशेष आग्रहसहित अभिनन्दन गर्नु भएको थियो ।

समारोहका प्रमुख अतिथि प्राध्यापक विद्यानाथ उपाध्यायज्यूले नन्दन भट्टराईको विद्वत्ता, लगनशीलता, अनुसन्धान र विनयीपन देखेर आफूलाई निकै खुसी लागेको भन्दै आफ्ना पिताद्वारा लिखित, सङ्कलित संस्कृत वाङ्‌मयसम्बद्ध तथा तन्त्रविद्यासम्बद्ध पुर्ख्यौली सम्पत्तिलाई बाहिर ल्याई समाजसामु पस्कन भट्टराईलाई सुझाव दिनुभएको थियो । त्यसैगरी वाल्मीकि विद्यापीठमा प्राध्यापनरत सबै प्राध्यापकहरुले कम्तीमा प्रत्येक महिनामा पौरस्त्य ज्ञानविज्ञानको आलोडन गरेर एक दुईवटा अनुसन्धानात्मक लेख लेखी प्रकाशन गर्न समेत उपाध्यायले विशेष अनुरोध गर्नुभएको थियो ।” आत्मा वै जायते पुत्रः “ भन्ने पौरस्त्य अवधारणा अनुरूप संस्कृत विद्याका विद्वान् तथा तन्त्रविद्याका साधक पं. कृष्णप्रसाद भट्टराईका पुत्ररत्न नन्दन भट्टराई संस्कृतका प्रकाण्ड विद्वान् भएकाले पिताजीको पदचिह्न पच्छ्‌याउनु नै श्रेयस्कर हुन्छ भन्ने शुभाशंसा प्रदान गर्नु भएको थियो ।

समारोहको अन्त्यमा सभापति वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालज्यूले अभिनन्दित नन्दन भट्टराईज्यूको पेशाप्रतिको बफादारिता, विद्याप्रेम, अनुशासन, मर्यादाको प्रशंसा गर्दै सक्रिय र स्वस्थ जीवनको कामना गर्नुभएको थियो भने पूर्वप्राचार्यहरू तथा विश्वविद्यालयका पूर्वपदाधिकारी गुरुहरुको समुपस्थिति एवम् समुचित दिशानिर्देशनप्रति हार्दिक आभार समर्पणपूर्वक कार्यक्रमको समापन गर्नुभएको थियो। उक्त अभिनन्दन समारोहको सञ्चालन तथा उद्‌घोषण विद्यापीठकी सहप्राचार्य डा. रमा भट्टराईज्यूले गर्नु भएको थियो।

विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश प्राप्त सह प्रा. नन्दन भट्टराईको जन्म पिता पं. कृष्णप्रसाद भटूराई र माता राधादेवी भट्टराईको कोखबाट वि. सं. २०१८/०१/१५ गते आजैका दिन सिफल, काष्ठमण्डपमा भएको थियो। २०३९ माघ १६ देखि सञ्चयकोषमा स्थायीरूपमा कार्यरत तथा त्रिविबाट एम्.बी.ए. अध्ययनरत भट्टराई संस्कृतप्रतिको मोह तथा विशेष अनुरागले २०५१ कार्तिक १ गतेबाट हेडअसिस्टेंट पदको जागिरबाट राजिनामा दिई संस्कृत विद्यार्जनमा होमिनुभएको थियो। वाल्मीकि विद्यापीठले सञ्चालन गरेको प्रथम भाषा प्रशिक्षणको प्रथम विद्यार्थीका रूपमा २०४८ देखि अध्ययन सुरु गर्नुभएका भट्टराईले साहित्यविषयमा २०५० सालमा सर्वप्रथम भई उत्तरमध्यमा तह, साहित्यविषयमै सर्वप्रथम भई २०५२ सालमा शास्त्री र २०५५ सालमा आचार्य समुत्तीर्ण गरी महेन्द्र विद्याभूषणसमेत प्राप्त गर्न सफल हुनुभएको थियो। वि.सं २०५५ माघ-१ गते विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरामा सहायक प्राध्यापकका रूपमा विश्वविद्यालयीय प्राध्यापनसेवामा प्रवेश गर्नुभएका भट्टराई २०५७ सालमा उपप्राध्यापक हुनुभएको थियो भने २०६८ मा सहप्राध्यापक पदमा पदोन्नत हुनु भएको थियो। सहप्राध्यापक भट्टराईका ´श्रीचक्रको उपासना, क्रमदीक्षा रहस्य`(२०५७), ´संस्कृत रचना कौमुदी वरदटीका- व्याख्या`जस्ता सम्पादित तथा व्याख्यात्मक कृतिसहित धर्म, दर्शन, साहित्यसम्बद्ध दर्जनौँ अनुसन्धानात्मक लेखरचनाहरू मर्यादा, वाल्मीकि प्रज्ञा गौरी आदि पत्रपत्रिकामा प्रकाशित भएका छन्।

आधनिक शिक्षा तथा प्रशासनिक पेसाबाट एक्कासी संस्कृत शिक्षा तथा विश्वविद्यालयीय प्राध्यापन पेसामा होमिएका र संस्कृतविद्याका अनुरागी विद्यार्थी तथा गुरुवर्ग सबैका लागि प्रेरक बन्नु भएका अनुकरणीय व्यक्तित्व नन्दन भट्टराईको सक्रिय र स्वस्थ जीवनका लागि साभिनन्दन शुभकामना छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?