back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

रुसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई राख्यो ‘वाण्टेड’ सूचीमा

spot_img

एजेन्सी ।सले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको छ।

अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक ‘अनलाइन डेटाबेस’मा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाण्टेड’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित भनिएको छ। रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्छित सूचीमा राखेको छ।

जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसका अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन। सन् २०२२ फेब्रुअरीदेखि मस्कोले जेलेन्स्कीलाई सैन्य आक्रमणको निशाना बनाउँदै आएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याका कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताएका छन्।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?