पाकिस्तानमा ६० वर्ष यताकै सबैभन्दा धेरै वर्षा

एजेन्सी । पाकिस्तानमा ६० वर्षभन्दा बढी समयमा यो वर्ष सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ ।

सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिलको रुपमा यो वर्ष रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ । विभागकाअनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा उल्लेख गरेको छ । भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षाप्रति अहिलेदेखि संवेदनशील र सचेत भएको खबरमा उल्लेख छ । विश्व बैंकको अनुमानअनुसार सन् २०२२ को गर्मीमा पाकिस्तानको एक तिहाई भाग अभूतपूर्व मनसुनी वर्षाका कारण जलमग्न हुँदा लाखौँ मानिस विस्थापित भएका थिए भने देशलाई ३० अर्ब डलरको आर्थिक क्षति भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?