back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी

spot_img

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दीर्घकालीन सहयोगी सर्गेई शोइगुलाई प्रतिस्थापन गर्दै नयाँ रक्षामन्त्री बनाउने तयारी गरेको क्रेमलिनले घोषणा गरेको छ ।

Workplace

६८ वर्षीय  शोइगु सन् २०१२ देखि उक्त भूमिकामा छन् र अब उनी रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने भएका छन् । रुसी संसदको माथिल्लो सदनले प्रकाशित गरेको पत्रमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने जनाएका छन् ।

शोइगुले युक्रेनसँगको रुसको युद्धमा प्रमुख भूमिका खेलेका छन्। रुसी सरकारी कागजातहरूले पुटिनले शोइगुलाई निकोलाई पात्रुशेभको स्थानमा शक्तिशाली सुरक्षा परिषद्को पदभार ग्रहण गर्न चाहेको देखाएको छ। पात्रुशेभको नयाँ पद के हुनेछ भन्ने अझै स्पष्ट छैन।

शोइगुको राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्बन्ध छ । कुनै सैन्य पृष्ठभूमि नभएको बाबजुद उनलाई रक्षा पोर्टफोलियो दिइएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?