back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

रफाहमा इजराइलको आक्रमण, २१ जनाको मृत्यु

spot_img

गाजाको रफाहमा विस्थापितको शिविरमा भएको पछिल्लो इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

आक्रमणमा ६४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।

गाजाका स्थानीय अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो। यो घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकाले भने हमासले हतियार भण्डारण गरेका कारण आगलागी भएको हुनसक्ने बताएको छ।

आइतबारको आक्रमणलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेका वेला इजरायले पुनः रफाहमा आक्रमण गरेको हो। राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका अनुसार इजरायलले रफाहमा लगातार आक्रमण गर्न थालेपछि करिब १० लाख नागरिक अन्यत्र सरेका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?