कृतिका मरासिनी : नेपालको महिला क्रिकेटको क्षेत्रमा एउटा सम्भावना बोकेको नाम !

सानै उमेरमा नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान स्थापित गरि राष्ट्रिय सिनियर टिमको दाबेदारको रुपमा आउनु सानो कुरा होईन । कृतिका मरासिनी नेपालको महिला क्रिकेटको क्षेत्रमा एउटा सम्भावना बोकेको नाम हो ।

२०६१ जेष्ठ १७ जन्मीएकी मरासिनी लुम्बिनीको घरेलु मैदान देखि बेस्ट बलर, यू–१९ कप्तान हुदै अहिले श्रीलंकामा जुलाई १९ बाट हुने महिला एसिया कपमा छनौट भएकी छिन् । मलेसियामा भएको यू–१९ विश्वकप छनोट खेल्न जानुअघि क्यानले २०७९ मा टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको थियो ।

रुपन्देहीको बुटवल घर भएकी कृतिका मरासीनीको सानैबाट खेलमा रुचि रहेको बुवा कमल मरासिनीले बताए। कलिलो उमेरमा नै छोरीले ठूलो सफलता प्राप्त आफूलाई निकै खुशी मिलेको उनको भनाइ छ।

कृतिका राष्ट्रिय स्तरको प्रतियोगिता पीएम कपमा बेस्ट बलर बनेकी थिईन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा सन् २०१९ मा उनले चीनमा गएर खेलेकी थिईन् । सन् २०१९ मा नेपालको जर्सीमा चाइनामा सम्पन्न ६ देशीय आर एण्ड बी कपमा ११ विकेट लिँदै उत्कृष्ट बलर चुनिएकी थिईन् । मरासिनीले ललितपुर मेयर कपमा बाग्मती प्रदेश बिरुद्ध लगातार ४ बलमा ४ विकेटको रेकर्ड समेत राखेकी छन् ।

यस अधि कृतिकाले राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरका दर्जनौ प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्।

जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुने महिला एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी गरेको मरासिनी बताउछिन् । नेपालले उद्घाटन खेलमा युएईको समान गर्ने छ। यो खेल जुलाई १९ मा हुने छ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?