back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

प्लस टू उतिर्ण विद्यार्थीहरुलाई DOS द्वारा सम्मान तथा बधाई

spot_img

नेपालमै पहिलोपटक करिब ५ बर्षअगाडि Professional Accounting Training कोर्सको बिकास गरि युवाहरूलाई स्वरोजगार बनाउने महाअभियान सहित सन्चालन भएको Dos Multiservice प्रालीले आज अम्रमाली कटेज बुटवलमा बृहत कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

Professional Accounting Training लिदै गरेका ५३ जना विद्यार्थीको उपस्थिति, पुर्व उत्कृष्ट पाँच विद्यार्थीको बिशेष उपस्थितिको बिच हालतालिम लिदै गरेका विद्यार्थीले कक्षा १२ उतिर्ण गरेकोमा बधाई तथा सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ भने तालिम लिईसकेर यहि बजारमा विभिन्न सस्थामा कार्यरत विद्यार्थीहरुलाइ धन्यवाद पत्र प्रदान गरिएको छ।

बिबिध सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक प्रमुख अथितिको रुपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती पाठकले विद्यार्थीहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्राक्टिकल गराई सक्षम जनशक्ति तयार गर्नुपर्ने आजको आवस्यकता रहेको र उक्त कुरालाई DOS ले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । विद्यार्थीले यो समाज परिवर्तनको लागि अब पहल लिनुपर्ने र आजको बिज्ञान प्रबिधिको समयलाई चिनेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा बिशिस्ट अथिति घनश्याम चापागाईंले युवाहरूलाई मोटिभेसन गरे । यो भने समाजसेवी बिमलराज भट्टराईले डसले थालेको यो अभियानमा साथ दिदै सीपयुक्त जनशक्तिको बजारमा अहिले पनि ज्यादै अभाव रहेको बताए । कार्यक्रमको अध्यक्षता डसका प्रेसिडेन्ट सुन्दर पाण्डेले गरेका थिए ।

विद्यार्थीहरुको निकै प्रतिभाहरुको प्रस्तुति भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी कबित भट्टले गरेका थिए भने तुलसी भट्टराई, प्रीती रायमाझीले साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए। डसले पुर्व विद्यार्थीहरु, दीपक भन्डारी, झरना राना, सुरज ज्ञवाली, समीर पान्डे, शारदा श्रेष्ठ, रबिन रिजाललाई विभिन्न बिधागत सम्मान गरेको छ।

प्रोफेसनल अकाउन्टिङ तालीम सन्चालन गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने अभियानको थालनी गर्ने सस्थाका म्यानेजिङ डाइरेक्टर छबिलाल डुम्रेले कार्यक्रमको समन्वय तथा सन्चालन गरेका थिए । कार्यक्रममा पुर्व विद्यार्थीहरुले आफुले डसबाट पाएको तालिम र त्यसपछिका दिनहरूबारे आफ्नो धारणा राखेका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?