सर्वदलीय बैठक : घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय

काठमाण्डाै । सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताएको छ ।

बैठकले बाढी पहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

यसैगरी सङ्घीय राजधानी काठमाण्डाै जोड्ने राजमार्गहरूलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ । ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी बिजुली आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनर्स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै खानेपानी मन्त्रालयले प्रभावित क्षेत्रका खानेपानी प्रणालीहरूको मर्मत गर्ने जनाएको छ । बैठकले खाद्यान्न, तरकारी, फलफूल, ग्यासजस्ता अत्यावश्यक उपभोग्य सामग्रीहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?