अर्घाखाँची : धातिवाङमा दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६, धातिवाङमा दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा धातिवाङको थामकाचैर खेल मैदानमा सुरू भएको यस प्रतियोगितामा ८ वटा समूहको सहभागिता रहेको छ । पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल, पूर्व पालिका अध्यक्ष अच्यूत गौतम, र वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले लगायतले ब्याटिङ तथा बलिङ गरि प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै  पालिका अध्यक्ष न्यौपानेले खेलमा गरेको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै यहाँबाट उत्पादन भएका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । साथै, उनले वडा कार्यालयको लगानीलाई सार्थक बनाउन खेलाडीहरूलाई मिहिनेतका साथ खेल्न अनुरोध गरे।

पूर्व पालिका अध्यक्ष गौतमले पाणिनीका ८ वटै वडाहरूले सबै प्रकारका खेलको विकासमा समन्वय गरि अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनले वडा कार्यालयले खेलाडी उत्पादनमा देखाएको सक्रियता र योगदानको प्रशंसा गर्दै खेलकुद विकासका लागि सबैको हातेमालोको आवश्यकता रहेको बताए।

वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन खेल क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा विजेता समूहलाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता समूहले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, पालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यता, वडा सदस्य तारा पाैडेलको स्वागत मन्तब्य र वडा सचिव राजन महत्राको संचालनमा सम्पन्न भएको थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?