back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

१९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

spot_img

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । उपकप्तानमा सोनी पाख्रिन छन् ।

गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक १९ वर्षमुनिको महिला विश्वकपकमा छनोट भएको थियो । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ ।

नेपाल समूह ‘डी’ मा छ । यस समूहमा अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन्  । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप तीन खेल खेल्ने अवसर पाउन सक्छ । १९ वर्षमुनिको महिला विश्वकपको यो दोस्रो संस्करण हो । नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो(कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?