back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

छैटौँ अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सवको तयारी तीव्र

spot_img

अर्घाखाँची । सन्धिखर्कमा छैटौँ अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव हुने भएको छ । 

उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको कुरेले फाँटमा पुस २९ गतेदेखि माग १२ गते सम्मको लागि महोत्सव हुन लागेको हो । जिल्लाको समग्र कृषि, पर्यटन, र औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, र परम्परालाई व्यापक रूपमा उजागर गर्न छैटौँ अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव आयोजना हुने भएको आयोजकले जनाएको छ ।

पुस २९ गतेबाट हुने महोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जानकारी दिएको छ। महोत्सवको उद्‌घाटन उच्चस्तरीय लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक र उद्यमीलाई प्रोत्साहन, पर्यटकीय सम्भावनाहरूको उजागर, र स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउनु रहेको छ। महोत्सवले कृषि र उद्योग क्षेत्रको विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

महोत्सवमा कृषि र घरेलु उद्योगसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरू, सांस्कृतिक कार्यक्रमहरू, खेलकुद, स्थानीय परम्परागत कला र सङ्गीत प्रदर्शन, तथा विभिन्न हस्तकला र आधुनिक प्रविधिको प्रदर्शन गरिनेछ। महोत्सवमा ३ सय ५० स्टल रहने र जसमध्ये  स्थानीय कृषक, उद्योगी, व्यवसायी, महिला उद्यमी, पर्यटन व्यवसायी, र युवाहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न निशुल्क प्रदान गरिने सङ्घका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए उनका अनुसार स्थानीय व्यापारीलाई ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराइनेछ । महाेत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे सहभागितामा सास्कृतिक कार्यक्रमका साथै, स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछ।

महोत्सवले अर्घाखाँची जिल्लाको कृषि उत्पादन, पर्यटकीय सम्भावना, र औद्योगिक विकासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। महोत्सवले स्थानीय समुदायलाई आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्न प्रेरित गर्नेछ। 

महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिभर ५ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । अर्घाखाँचीवासीलाई महोत्सवमा उत्साहजनक सहभागिता जनाउन आयोजकहरूले अपिल समेत गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?