२७ औँ बार्षिकोत्सव समारोहको अन्तिम तयारीमा जुट्यो ज्योतिष परिषद्

काठमाडौँ, पौष २३ । नेपाल ज्योतिष परिषद्ले आफ्नो स्थापनाको २७ औँ बर्षको अवसरमा २७ औँ बार्षिकोत्सव समारोह काठमाडौँको होटल पेन्सन वासनामा आयोजना गरेको छ । हिजो सचिवालय समिति र आज केन्द्रीय समितिको बैठक बसी कार्यक्रमको अन्तिम तयारी भएको आयोजक समितिका संयोजक एवम् परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिएका छन् ।

कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूल अर्चक रावल गणेश भट्ट गुरुको प्रमुख आतिथ्यता एवम् नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, नेपाल पन्चांग निर्णय विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा.दिपकप्रकाश बास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल,दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने कार्यकारी सभापति कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको बैठकले ज्योतिषीहरुलाई परिचयपत्र दिलाउनको लागि समबन्धित निकायमा ध्यानाकर्षण गराउनका लागी कार्यकारी सभापति कमलप्रसाद काफ्लेको संयोजकत्वमा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति र महासचिव रहने गरि सात सदस्यीय समिति गठन गरेको अध्यक्ष केशवप्रसाद धितालले जानकारी दिनुभयो । बैठकमा प्रमुख सल्लाहकार माधवराज पाण्डे, वरिष्ठ सल्लाहकार लक्ष्मण पन्थी लगायत करिब ४० बढी केन्द्रीय पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको परिषद्ले बताएको छ । साथै भोलिको समारोहमा करिब १५० ज्योतिषी पण्डितहरुको उपस्थिति रहने केन्द्रीय सचिव शिवलाल पौडेलले जानकारी दिनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?