माघ २२ देखि एच.पि.भी. खोप अभियान सञ्चालन हुने

अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीले माघ २२ गतेदेखि एच.पि.भी. खोप सुरु गर्ने भएको छ । अभियानको रुपमा जिल्लाभर नै खोप सञ्चालन हुने जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा बैठकमा जानकारी गराइएको थियो ।

कार्यक्रममाथि प्रकाश पार्दै महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोगलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको खोप कार्यक्रम सुपरभाइजर विजय बि.क.ले जानकारी दिनुभयो । नियमित एच.पि.भी. खोप सेवा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्षका किशोरीहरू रहेका छन् । जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरू लक्षित खोप अभियान सञ्चालन गरिने कार्यक्रम सुपरभाइजर बि.क.को भनाई छ ।

यो अभियान यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिन सुरु गरि फागुन ६ गतेसम्म देशैभर सञ्चालन हुनेछ । यो अभियानलाई सफल बनाउन जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरूले ऐक्यवद्धता जनाएका छन् । आज सन्धिखर्कमा सम्पन्न भएको जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण तथा बैठकमा बोल्दै अभियानका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख जीबनारायण कोइरालाले अभियानलाई सफल बनाउन सबै आ–आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्लाका सम्पूर्ण वडामा खोप अभियान सञ्चालन गर्नुपूर्व प्रहरी चौकीहरूलाई समेत जानकारी गराएर मात्र अगाडि बढाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष रुद्रमणि भुसालले खोप अभियानलाई सफल बनाउन सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, शसस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक भिमसेन बोहोरा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीको स्वागत मन्तव्य र जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?