पिएसजीसँग म्यानचेष्टर सिटीको लज्जास्पद हार

काठमाडौं । घरेलु टोली पेरिस सेन्ट जर्मन (पिएसी) ले युइएफए च्याम्पियन्स लिगमा गएराति म्याचेस्टर सिटीविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ।

जितसँगै सात खेलबा १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ। पराजित सिटी समान खेलबाट आठ अंकका सात २५औं स्थानमा छ।

पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे। सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे।

खेलको ५०औं मिनेटमा ग्रेलिसको गोलमार्फत सिटीले अग्रता लिएको थियो। तीन मिनेटपछि नै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए। तर सिटीले त्यो अग्रतालाई लामो समयसम्म टिकाउन भने सकेन।

डेम्बेलेले पिएसजीका लागि पहिलो गोल फर्काए। चार मिनेटपछि नै बार्कोलाले गोल गर्दा पिएसजी २–२ को बराबरीमा आयो।

नेभेसले ७८औं मिनेटमा गोल गरेपछि पिएसजी ३–२ ले अगाडि बढ्यो। इन्जुरी समयमा रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?