back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

कोशी सरकारले स्थापना दिवस मनाउने

spot_img

विराटनगर । कोशी सरकारले प्रदेश सरकार स्थापना भएको दिनलाई विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गते विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने निर्णय गरेको हो।

बैठकले सो दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार बैठकले प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ।

यस्तै, बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ।

यसैगरि विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए।

बुधबारको बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने पनि निर्णय गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?