पाणिनिमा साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

पाणिनि गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । पाणिनि गाउँपालिका वडा नं. ३ स्थित बरका रूख खेल मैदान, दुर्गाफाँटमा   बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्‌घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गरेका हुन । कार्यक्रम उद्‌घाटन गर्दै अध्यक्ष न्यौपानेले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए । उनले खेलकुदले शारीरिक तथा मानसिक विकाससँगै अनुशासन र एकताको भावना विकास गराउने उल्लेख गरे ।

कार्यक्रममा पालिकाको शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले पालिकाका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने बताए ।

प्रतियोगितामा गाउँपालिकाभित्रका सबै वडाका विद्यालयहरूले भाग लिएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने जनसेवा माविका खेल शिक्षक गोविन्द पाैडेलले जानकारि दिए । प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्र, ट्रफी र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पालिकाभित्रका १३ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता आगामी तीन दिनसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमलाई खेलकुदमा स्थानीय प्रतिभाहरूको पहिचान र उनीहरूलाई प्रोत्साहन गर्ने उत्कृष्ट अवसरका रूपमा हेरिएको छ ।

पाणिनि गाउँपालिकाबाट एथलेटिक्स र खेलकुदको उज्ज्वल भविष्यको सम्भावना

स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरू सञ्चालन गर्दा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै सहभागीहरू उत्साहित देखिन्छन्। ग्रामीण भेगमा खेलकुद गतिविधि अभाव भएको परिस्थितिमा राष्ट्रपति रनिङ शिल्ड जस्तो पहलले नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?