अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी अन्तर्गतको पाणिनी बहुप्राविधिक शिक्षालय, अर्घाखाँचीले ३७ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई रचनात्मक ढंगले सम्पन्न गर्ने क्रममा शिक्षालयले अघिल्लै दिनदेखि शिक्षालय एवं त्यस आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो । शिक्षालयका प्रशिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सब समारोहको आयोजनासमेत गरिएको थियो । कार्यक्रममा यस वर्ष भएका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा छनौट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तब्य राख्दै अतिरिक्त क्रियाकलाप संयोजक, प्रशिक्षक मित्रबहादुर सोमैले उपस्थित सम्पुर्णलाई स्वागत एव कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने विद्यार्थीहरु निर्मल भट्टराई, रुद्र घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिक्षालयले गत पौष २२ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको खेलकुद सप्ताह अन्तर्गत विभिन्न ११ वटा विधामा प्रतियोगिताको आयोजना गरेको थियो उक्त प्रतियोगितामा खेलकुद अन्तर्गत भलिबल फुट्सल ब्याडमिन्टन लगायतका प्रतियोगिताहरू रहेका थिए भने वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।
आज सम्पन्न औपचारिक कार्यक्रमको अध्यक्षता शिक्षालयका प्रशिक्षक विष्णु खनाल, प्रमुख आतिथ्य शिक्षालय प्रमुख मणि गैरे एवं कार्यक्रम सन्चालन प्रशिक्षक केशब खनालले गरेका थिए ।