अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व.२०८१/०८२ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
वडा नं. ८, ९ र १० लाई मध्यनजर गर्दै १० नं. वडा कार्यालयको सभा हलमा नगरपालिकाकाले यस आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्म सम्पन्न गरेको योजना/आयोजना, मुल्यांकन, शुसाशन, पारदर्शिता, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा सेवाग्राहीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिका नगरबासिको चाहना अनुसार अगाडी बढिरहेको बताउनुभयो । विकास निर्माणले विस्तारै गति लिदैं गएकाले नगरपालिकाको अवको लक्ष्य भनेको नागरिकलाई रोजगारी सृजना गर्दै मुख्य चुनौतीको रुपमा देखा परेको बसाईसराई रोक्न लाग्ने उहाँले बताउनुभयो ।
नगर उप–प्रमुख मिश्रा आचार्यले नगरले ल्याएका कार्यक्रमहरुको मुल्यांकन र अनुगमन गरेर मात्र भुक्तानीका लागि अगाडी बढेको बताउनुभयो । जनताको माग अनुसार कार्यक्रम ल्याएको बताउँदै उप–प्रमुख आचार्यले न्यायिक क्षेत्रमा पनि सकरात्मक काम गरिरहेको धारणा राख्नुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पारदर्शिता र सुशासनको पाटोमा नगरपालिका कतै नचुक्ने बताउनुभयो । कार्यालयबाट हुने सेवा प्रवाह, मुल्यांकन लगायतका कार्यमा सधै चुस्त, दुस्त रहेको र आगामी दिनमा पनि यसैगरी लाग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख दिलिप के.सी., पशु शाखा प्रमुख नारायण खनाल, प्राविधिक शाखा प्रमुख प्रमोद के.सी. लगायतले सेवाग्राहीबाट उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनालले सल्लाह सुझावसहित मन्तव्य राख्नुभयो ।
वडा अध्यक्ष मोहन सिंह ठकुरीको अध्यक्षता, योजना शाखा प्रमुख दिलिप के.सी.को कार्यक्रममाथी प्रकाश र सहजकर्ता बिष्णु खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु माधव श्रेष्ठ, मोतिजंग रायमाझी, श्रीधर महत्रा, पदम ब. भुसाल, शाखा प्रमुखहरु, कर्मचारी, पत्रकारहरु सुर्य प्रसाद भुसाल, प्रेमनारायण आचार्य, रुद्रमणि भुसाल, स्थानीय राजनीतिक दल, स्थानीय संघसंस्था, सेवाग्राही लगायतको उलेख्य उपस्थिति रहेको थियो ।