सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व.२०८१/०८२ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

वडा नं. ८, ९ र १० लाई मध्यनजर गर्दै १० नं. वडा कार्यालयको सभा हलमा नगरपालिकाकाले यस आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्म सम्पन्न गरेको योजना/आयोजना, मुल्यांकन, शुसाशन, पारदर्शिता, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा सेवाग्राहीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिका नगरबासिको चाहना अनुसार अगाडी बढिरहेको बताउनुभयो । विकास निर्माणले विस्तारै गति लिदैं गएकाले नगरपालिकाको अवको लक्ष्य भनेको नागरिकलाई रोजगारी सृजना गर्दै मुख्य चुनौतीको रुपमा देखा परेको बसाईसराई रोक्न लाग्ने उहाँले बताउनुभयो ।

नगर उप–प्रमुख मिश्रा आचार्यले नगरले ल्याएका कार्यक्रमहरुको मुल्यांकन र अनुगमन गरेर मात्र भुक्तानीका लागि अगाडी बढेको बताउनुभयो । जनताको माग अनुसार कार्यक्रम ल्याएको बताउँदै उप–प्रमुख आचार्यले न्यायिक क्षेत्रमा पनि सकरात्मक काम गरिरहेको धारणा राख्नुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पारदर्शिता र सुशासनको पाटोमा नगरपालिका कतै नचुक्ने बताउनुभयो । कार्यालयबाट हुने सेवा प्रवाह, मुल्यांकन लगायतका कार्यमा सधै चुस्त, दुस्त रहेको र आगामी दिनमा पनि यसैगरी लाग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा योजना शाखा प्रमुख दिलिप के.सी., पशु शाखा प्रमुख नारायण खनाल, प्राविधिक शाखा प्रमुख प्रमोद के.सी. लगायतले सेवाग्राहीबाट उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनालले सल्लाह सुझावसहित मन्तव्य राख्नुभयो ।

              

वडा अध्यक्ष मोहन सिंह ठकुरीको अध्यक्षता, योजना शाखा प्रमुख दिलिप के.सी.को कार्यक्रममाथी प्रकाश र सहजकर्ता बिष्णु खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु माधव श्रेष्ठ, मोतिजंग रायमाझी, श्रीधर महत्रा, पदम ब. भुसाल, शाखा प्रमुखहरु, कर्मचारी, पत्रकारहरु सुर्य प्रसाद भुसाल, प्रेमनारायण आचार्य, रुद्रमणि भुसाल, स्थानीय राजनीतिक दल, स्थानीय संघसंस्था, सेवाग्राही लगायतको उलेख्य उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?