हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको निरिक्षण

अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा नम्बर ४ निर्माणाधिन अवस्थामा रहेको हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको आज निरिक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा गएको टोलीले उक्त खानेपानी आयोजनाको निरिक्षण गरिएको हो ।

निरिक्षणका लागि संघीय खानेपानी तथा ढल ढल व्यवस्थापन परियोजनाका प्रमुख अरुण कुमार खरेल, इन्जिनियर मोहन पोख्रेल, प्रशासन प्रमुख कृष्ण वर्मा लगायतको टोलीले खानेपानी आयोजनाको निरिक्षण गरेको हो ।

योजनाको कामले तिव्रता पाएको नपाएको भन्दै निरिक्षण गरिएको हो । निरिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले कामलाई चुस्तदुरुस्त रुपले निरन्तरता दिदै समयमै सम्पन्न गर्ने गरि अगाडि बढ्न निर्माण कम्पनि, उपभोक्ता समितिलाई निर्देशन दिए ।

२०७९ चैत्र १४ मा शिलान्याश भएको उक्त खानेपानी योजनाको ७८ प्रतिशत काम सम्पन्न भईसकेको छ । केहिदिनमै योजना निर्माण स्थलबाट पम्पिङ्ग गरि केरुङ्गा कालिका मन्दिरमा निर्माण भएको ट्यान्किमा पानी खसाल्ने लक्ष्य रहेको छ । खानेपानी योजना सम्पन्न भएपश्चात करिव २५ सय घरधुरिले शुद्ध पिउने पानीको प्रयोग गर्ने स्थानिय सन्जय पाण्डेले जानकारी दिए ।

यो खानेपानी योजना सम्पन्न गर्न छत्रदेव गाउँपालिकाका जनप्रतिनिधी, पुर्व जनप्रतिनिधी, त्यहाँका स्थानिय राजनितिक दलका नेता, स्थानिय नागरिक अहोरात्र खटेका छन् । आगामी असोज मसान्तभित्र योजना सम्पन्न गर्ने गरि काम अगाडी बढिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?