back to top
IPL 2025
IPL 2024
५ असार २०८२, बिहिबार
५ असार २०८२, बिहिबार
IPL 2025
spot_img

हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको निरिक्षण

spot_img

Logoसमाचार सारांश Auto Generated by AI

  • छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको निरीक्षण गरिएको छ।
  • प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा गएको टोलीले खानेपानी आयोजनाको निरीक्षण गरेको हो।
  • प्रमुख जिल्ला अधिकारी खरेलले कामलाई समयमै सम्पन्न गर्ने गरि अगाडि बढ्न निर्माण कम्पनि र उपभोक्ता समितिलाई निर्देशन दिए।

अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा नम्बर ४ निर्माणाधिन अवस्थामा रहेको हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको आज निरिक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा गएको टोलीले उक्त खानेपानी आयोजनाको निरिक्षण गरिएको हो ।

निरिक्षणका लागि संघीय खानेपानी तथा ढल ढल व्यवस्थापन परियोजनाका प्रमुख अरुण कुमार खरेल, इन्जिनियर मोहन पोख्रेल, प्रशासन प्रमुख कृष्ण वर्मा लगायतको टोलीले खानेपानी आयोजनाको निरिक्षण गरेको हो ।

योजनाको कामले तिव्रता पाएको नपाएको भन्दै निरिक्षण गरिएको हो । निरिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले कामलाई चुस्तदुरुस्त रुपले निरन्तरता दिदै समयमै सम्पन्न गर्ने गरि अगाडि बढ्न निर्माण कम्पनि, उपभोक्ता समितिलाई निर्देशन दिए ।

२०७९ चैत्र १४ मा शिलान्याश भएको उक्त खानेपानी योजनाको ७८ प्रतिशत काम सम्पन्न भईसकेको छ । केहिदिनमै योजना निर्माण स्थलबाट पम्पिङ्ग गरि केरुङ्गा कालिका मन्दिरमा निर्माण भएको ट्यान्किमा पानी खसाल्ने लक्ष्य रहेको छ । खानेपानी योजना सम्पन्न भएपश्चात करिव २५ सय घरधुरिले शुद्ध पिउने पानीको प्रयोग गर्ने स्थानिय सन्जय पाण्डेले जानकारी दिए ।

यो खानेपानी योजना सम्पन्न गर्न छत्रदेव गाउँपालिकाका जनप्रतिनिधी, पुर्व जनप्रतिनिधी, त्यहाँका स्थानिय राजनितिक दलका नेता, स्थानिय नागरिक अहोरात्र खटेका छन् । आगामी असोज मसान्तभित्र योजना सम्पन्न गर्ने गरि काम अगाडी बढिरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?