हिस्टुनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं ।
माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले असार २८ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले गरेको निर्णय सार्वजनिक गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार अस्थायी शिक्षक कर्मचारीलाई स्थायीकरण गर्नुपर्ने मागसहित सरकारसँग संवाद र दबाबका कार्यक्रम अघि बढाइने जनाइएको छ। विज्ञप्तिमा असार २८ को निर्णयअनुसार शिक्षामन्त्रीसँग भएको छलफलमा शिक्षकहरूको पेशागत समस्या समाधान नगरेको भन्दै आगामी दिनमा थप सशक्त आन्दोलन गरिने चेतावनी दिइएको छ ।

निर्णयअनुसार भदौ २ र ३ गते स्थानीय तह, जिल्ला र प्रदेश समितिहरूले ध्यानाकर्षण पत्र बुझाउने, भदौ ४ र ५ गते देशभरका माध्यमिक तहका शिक्षकहरूले कालोपट्टी बाँधी अध्यापन गर्ने, र भदौ ६ गतेदेखि शिक्षकहरू विद्यालय उपस्थित भएर पनि पढाइ नगरी विरोध जनाउने कार्यक्रम तय गरिएको छ । यस्तै, अस्थायी प्रकृतिका शिक्षक कर्मचारीसँग छलफल र सहमति गर्दै आवश्यक परे दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने उल्लेख छ । देशभरका शिक्षकबीच सूचना प्रवाहका लागि आवश्यक बैठक र सहकार्य समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?