पाणिनि पत्रकार समाजले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर मनायो वार्षिकोत्सव

अर्घाखाँची। पाणिनि पत्रकार समाज, नेपालले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीहरूलाई फलफूल वितरण गरेर मनाएको छ। समाजले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो।

अस्पतालमा भर्ना भएका करिब ३० जना बिरामीहरूलाई अनार, स्याउ, केरा लगायतका फलफूल वितरण गरिएको थियो। यस कार्यले बिरामीहरूको मनोबल बढाउनुका साथै उनीहरूको स्वास्थ्य लाभमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

फलफूल वितरण कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष कृष्ण भुसाल, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारी, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, पत्रकार महासंघ अर्घाखाँचीका सचिव लक्ष्मण घिमिरे, पाणिनि पत्रकार समाज, नेपालका सल्लाहकार घनश्याम पौडेल, संस्थापक अध्यक्ष प्रकाश प्युठानी लगायतको उपस्थिति थियो।

यस अवसरमा पाणिनि गाउँपालिका वडा नं। ५ निवासी राधा बञ्जाडे भट्टराईले आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद बञ्जाडेको स्मृतिमा स्याउ सौजन्य गर्नुभएको थियो।

कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले पत्रकारितालाई समाजको ऐनाका रूपमा मात्र नभई सामाजिक सेवाको माध्यमका रूपमा पनि अगाडि बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो।“पत्रकारिताले समाजका विकृति विसंगति मात्र उजागर गर्दैन, यसरी सामाजिक काम गरेर उदाहरण पनि प्रस्तुत गर्छ भन्ने कुरा पाणिनि पत्रकार समाजले प्रमाणित गरेको छ,” उहाँले भन्नुभयो।

जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीले पत्रकार समाजलाइ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो। “यस्तो सामाजिक कामले बिरामीहरूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि निको हुन मद्दत पुग्छ। यसले अस्पतालको वातावरणलाई थप सकारात्मक बनाएको छ,”उहाँले भन्नुभयो।

त्यस्तै, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले पत्रकारहरूले आफ्नो पेसागत धर्मका साथै सामाजिक दायित्व पनि निर्वाह गरेकोमा खुसी व्यक्त गर्नुभयो। “पत्रकार समाजको यो कार्यले गाउँपालिका र स्थानीय संघसंस्थाहरूबीच सहकार्यको नयाँ आयाम थपेको छ। हामी यस्ता सामाजिक कार्यका लागि सधैँ साथ दिनेछौँ,” खनालले भन्नुभयो।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले पाणिनि पत्रकार समाजले गरेको यो कार्यले पत्रकारिता क्षेत्रलाई थप मर्यादित र जिम्मेवार बनाउन प्रेरित गर्ने बताउनुभयो। “यस्तो रचनात्मक र सामाजिक कार्यले पत्रकारहरूलाई समाजसँग जोड्न र उनीहरूको भूमिकालाई अझ फराकिलो बनाउन मद्दत गर्छ” खनालले भन्नुभयो।

संस्थाले तेस्रो वर्षसम्मको अवधिमा विभिन्न समाजिक काम गर्दै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?