महाराजगञ्ज बर्गदा घटनामा घाइते यादवको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको महाराजगञ्जमा भएको झडपमा घाइते भएका २२ वर्षीय अरुण यादवको उपचारका क्रममा मृत्यु भएको छ।
  • गत चैत ७ गते दुई समुदायबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए।
  • सोही घटनामा संलग्न अन्य १० जनालाई मन्दिर तोडफोड र सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको छ।

कपिलवस्तु । कपिलवस्तु महाराजगञ्ज बर्गदा घटनामा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय अरुण यादवको सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो ।

गत चैत ७ गते दुई समुदायबिच भएको हिंसात्मक आन्दोलनका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । यादवको आन्द्रामा गहिरो घाउ भएको र शल्यक्रिया समेत गरिएको थियो ।

घटनामा उनीसहित ५ जनालाई गोली लागेको थियो । अरू ४ जना भने भैरहवा मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन । गत चैत ७ गते ईदका दिन महाराजगन्जको बर्गदा गाउँमा नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन लगाइएको विषयमा मुस्लिम र हिन्दु समुदायबिच विवादले उग्र रूप लिएको थियो ।

सोही दिन महाराजगन्जको जिग्नाहा चोकमा आक्रोशित युवाहरूले प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज, दर्जनौँ राउन्ड अश्रु ग्यास र हवाई फायरसहित गोली चलाइएको थियो।

घटनापछि मन्दिर तोडफोडको आरोपमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । तोडफोड र सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले थप ४ जनालाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?