कपिलवस्तुमा सुन चोरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको चन्द्रौटास्थित सुन पसलबाट गहना चोरी गरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन्।
  • गहना हेर्ने बहानामा चोरी गरी भाग्दै गर्दा उनीहरूलाई पसल सञ्चालक र प्रहरीले नियन्त्रणमा लिएका हुन्।
  • प्रारम्भिक अनुसन्धानबाट उनीहरूले रूपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा चोरी गरेको खुलेको छ।

कपिलवस्तु : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा स्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिलाहरू पक्राउ परेका छन।

मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा सो सुन पसलबाट बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन । सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा उनीहरूले सुन चोरी गरेको सीसीटीभीको फुटेजमा देखिएको छ ।

सुन चोरे पछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए । पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए । केही पर पुगेपछि ती महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

ती महिलाले एकै दिन रूपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले नगद देखाएर तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ ।

पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ । योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको छ ।

हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ परेका महिलाको गिरोह नै रहेको तथा उनीहरू सुनको चोरीमा संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?