कपिलवस्तुको बिभिन्न ठाउँबाट अवैध रूपमा १० क्विन्टल भारतीय केरा बरामद

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएको करिब १० क्विन्टल भारतीय केरा प्रहरीले बरामद गरेको छ।
  • रोगको जोखिम र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले भारतीय केराको आयातमा रोक लगाएको छ।
  • आयातमा रोक लाग्दा बजारमा केराको मूल्य दोब्बर बढेको छ भने व्यापारीहरूले आयात खुकुलो बनाउन माग गरेका छन्।

इमरान खान कपिलवस्तु : कपिलवस्तु जिल्लामा दुई छुट्टाछुट्टै स्थानबाट अवैध रूपमा भित्र्याइएको करिब १० क्विन्टल केरा प्रहरीले बरामद गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा खसी बजारस्थित न्यून आयरन फुड स्टोरमा गोदामभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले छापा मारेर ९ सय १२ केजी केरा बरामद गरेको हो । बरामद केराको अनुमानित मूल्य ९१ हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले बताए ।

त्यसैगरी, कृष्णनगरमा सवारी साधन चेकजाँचका क्रममा ८० केजी केरा बरामद गरिएको थियो । उक्त केराको मूल्य ८ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको छ । बरामद केरा आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

लेही दिन यता यशोधरा गाउँपालिका अन्तर्गत सीमा प्रहरी चौकी मर्यादपुर खुनुवा सिमानाकामा पनि १ सय २० केजी केरा बरामद गरेको थियो ।

केरामा लाग्ने ‘केआरफोर’ नामक रोगको जोखिम तथा स्वदेशी केरालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले भारतीय केराको आयातमा रोक लगाउँदै आएको छ । बरामद केरालाई भन्सार परिसरमा गाडेर नष्ट गरिने कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णले बताए।

भारतीय केरा आयातमा रोक लगाएपछि कपिलवस्तुमा केराको मूल्य दोब्बरले बढेको छ । हाल केरा प्रतिकिलो रु ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । अभाव र बढी नाफाका कारण तस्करहरूले लुकिछिपी भारतीय केरा भित्र्याउने गरेका छन । त्यही केरा अहिले कपिलवस्तुका अधिकांश बजारमा निर्बाध रूपमा बिक्री भइरहेको छ ।

फलफूल व्यवसायीहरूका अनुसार नेपाली उत्पादनले मात्र बजारको माग धान्न सक्ने अवस्था नरहेको त्यसैले निश्चित मापदण्ड बनाएर केराको आयातलाई केही खुकुलो बनाउनुपर्ने उनीहरूको माग छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?