
- कपिलवस्तुको यशोधरा गाउँपालिका-१ मा नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।
- पूर्वमन्त्री बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भव्य रूपमा आयोजना गरियो।
- नयाँ भवनबाट स्थानीयलाई प्रवाह गरिने सेवा अझ प्रभावकारी र जनमैत्री हुने विश्वास लिइएको छ।
ओमहरी उपाध्याय, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–१ मा निर्माण हुन लागेको नवनिर्मित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व सांसद एवं मन्त्री बृजेश कुमार गुप्ताको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, पूर्व प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, वडा नं. १ का वडाध्यक्ष अब्दुल कयुम मुसलमान, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू लगायत बुद्धिजीवी, समाजसेवी, राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय जनप्रतिनिधि र नागरिकहरूको साझा प्रयासबाट निर्माण हुन लागेको उक्त वडा कार्यालय भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र जनमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्दै वडा नं. १ को विकास, सुशासन र समृद्धिको यात्रामा सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।












