कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको महाराजगञ्जमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा एक बालक र दुई पुरुष रहेका छन्।
  • प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ स्थित गैडहवा चोकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु भएको छ।

बुधबार बिहान करिब ७ बजे तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री तथा साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?