युवा समाजसेवी रहमतुल्लाह मुसलमानको सक्रियतामा चौथो निःशुल्क आँखा शिविर सम्पन्न, १५० जनाले सेवा लिए

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको महाराजगञ्जमा समाजसेवी रहमतुल्लाह मुसलमानको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
  • शिविरमा १५० जनाको परीक्षण गरी २५ जनालाई चस्मा र ४० जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ।
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने यस्ता जनहितका कार्यलाई निरन्तरता दिने समाजसेवीले प्रतिबद्धता जनाएका छन्।

मोहम्मद अयान मियाँ

कपिलवस्तु, साउन १६ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१०, हरदौनामा युवा समाजसेवी रहमतुल्लाह मुसलमानको पहल तथा सिद्धार्थ नेत्रालय, तौलिहवाको प्राविधिक सहयोगमा चौथो निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शनिबार आयोजित शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका १५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आवश्यक परेका सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ। साथै ४० जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ भने २५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

समाजसेवी रहमतुल्लाह मुसलमानले विगत केही वर्षदेखि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न व्यक्ति र संस्थासँग समन्वय गर्दै निरन्तर समाजसेवामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँकै पहलमा यसअघि सञ्चालन भएका तीन वटा निःशुल्क आँखा शिविरबाट पनि हजारौँ नागरिक लाभान्वित भइसकेका छन्। साथै उहाँले युवा तथा विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा सहयोग र प्रोत्साहन प्रदान गर्दै आउनुभएको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल, हरदौनाका प्रमुख हंसराज जोशीले ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने यस्ता कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। उहाँले समाजसेवी रहमतुल्लाह मुसलमान तथा सिद्धार्थ नेत्रालयको टोलीलाई धन्यवाद दिँदै यस्ता सामाजिक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

शिविर सफल बनाउन सहयोग पुर्‍याउने सिद्धार्थ नेत्रालयका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र समाजसेवामूलक यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने समाजसेवी रहमतुल्लाह मुसलमानले जानकारी दिनुभयो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?