लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता : पुष्पा भुसाल

बुटवल । पुर्ब उपसभामुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसालले संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताएकी छन् ।

उनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संबिधान सभा मार्फत जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्दै संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताइन् ।

उनले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताउदै, “जिल्लामा यस्ता विकासलाई मान्यता दिनुपर्छ जुन विकास घरघरमा पुग्ने र जनजनले छुने किसिमको हुनुपर्छ । हामीले ल्याएका विकास घरभित्र पस्नुपर्‍यो । विकासको परिणाम एउटा गरिब जनताको, गरिबीको रेखामुनि रहेको जनताको घरभित्र छुन पाउनुपर्छ अहिले त्यो विकासको आवश्यक छ,” उनले भने।

नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिको आयोजनामा बुटवलमा शुभ दिपावली, छड पर्व तथा नेपाल संबतको अबसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भुसालले यस्तो बताएकी हुन् ।

नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले अर्घाखाँचीको विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको बताए । उनले संविधानसभाको रक्षाका लागि गठबन्धन गर्नु परेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले नेपाली कांग्रेसको नेतृत्वमा नेपालका हरेक आन्दोलन र परिवर्तन भएको बताए । उनले अर्घाखाँची जिल्लाको विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताए ।

May be an image of one or more people, people sitting and people standing

May be an image of 4 people and people sitting

कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति केशव श्रेष्ठ, प्रदेश सदस्य विष्णु पोख्रेल, पुर्व जिल्ला सभापति तथा प्रदेश सभा (ख) का उम्मेदवार कमल प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका नेता अर्घाखाँची प्रदेश सभा (क) का उम्मेदवार सागर केसी, प्रदेश सभाका पुर्व सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार लोकेन्द्र बिक, नेपाली कांग्रेसका नेता यादव प्रसाद घिमिरे, इन्द्रमणि पौडेल, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, सचिव अच्युत गौतम, सहसचिव मेघराज पाण्डे, महाधिवेशन प्रतिनिधि तथा शितगंगा नगरपालिकाका पुर्ब नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उप महासचिव गणेश भण्डारी, शितगंगाका नगर सभापति मोहन पन्थी, अखिल छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुवर, वडा सभापति धर्मराज घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

May be an image of 2 people, people sitting, people standing and indoor

कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिकाका सभापति तुल्सी भुसालको अध्यक्षता, उपाध्यक्ष टिकाराम बन्जाडेको स्वागत मन्तब्य र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

May be an image of 2 people and people standing

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?