शेयर बजार आज १७ अङ्कले बढ्यो, १ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै । हिजाे (आइतवार) ३२ अङ्कले घटेको शेयर बजार आज (साेमवार) भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।

आज बैंकिङबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीकाे ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्से परिसूचक बढेकाे दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को शेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?