कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, संसदीय दलको निर्वाचनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइसकेपछि कांग्रेसले निर्वाचन परिणामको समीक्षा, संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।

निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि अब नयाँ सरकार गठनको प्रयास छ । कांग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाँट हुनुभन्दा पहिल्यै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबारको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताए ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाण पत्र दिने कार्यक्रम छ । सांसदहरुले प्रमाणपत्र बुझे लगत्तै कांग्रेसले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउन लागेको हो । कांग्रेस संसदीय दलको विधानबमोजिम कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आफूमध्येबाट एक जनालाई संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । यसपटक कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ गरी ८९ सदस्य निर्वाचित भएका छन् ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा आफैं आकांक्षी छन् भने महामन्त्री गगन थापाले चुनावअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल र शेखर कोइराला पनि दलको नेताका आकांक्षी छन् । तर, पौडेल र कोइरालाले भने दलको नेतामा चुनाव लड्ने वा नलड्ने भनेर प्रष्ट बोलिसकेका छैनन् । नेताहरुकाअनुसार आइतबारको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्नेछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?