फर्निचर उधोगमा अब्बल छु, ४ जनालाई रोजगारी दिएको छु : बाबुराम श्रेष्ठ

अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ वाङला पटुवाथुममा २०२८ कार्तिक १० गते वुवा बलबहादुर र आमा विष्णुकुमारीको कोखबाट मेरो जन्म भयो । बाल्यकालमा घरमै खेल्दै, काम गर्दै स्कुलतहसम्म अध्ययापन गरेर २०४७ सालमा एसएलसी उतीर्ण भइयो । त्यसपछि भारतमा गएर डेढ वर्षजति नोकरी गरेपछि नेपाल फर्केर २०५० सालमा मंसिर ५ गतेबाट सन्धिखर्कमा सञ्चालित मिना फर्निचर उद्योगमा जागिर गर्ने मौका मिल्यो । त्यहा“ गर्दा काठका विभिन्न फर्निचरमा उद्योग सञ्चालन गर्ने, सामान किन्ने, बिक्री गर्ने ज्ञान मिल्यो । करिब ३ वर्ष काम गरेपछि २०५४ सालबाट आफु र अर्को साथीको ४ लाख रुपैया“ लगानीमा मनकामना फर्निचर उद्योग खोल्ने काम गरियो । अहिले ममनकामना फर्निचर उद्योगलाई समिल सञ्चालन गरेर काठ किन्ने, बेच्ने र चिरान गरिदिने काम हुन्छ ।

जागिरे हु“दाको ज्ञानले आफ्नै व्यवसाय सञ्चालन गर्ने मौका मिलेपछि खोलिएकोा फर्निचर उद्योगबाट विभिन्न किसिमका सामाग्री तयार गरेर बजारमा बिक्री गर्न शुरु भयो । डेढ वर्षापछि पाटनरलाई शेयर लगानी फिर्ता गराएर आफ्नो एकल स्वामित्वको उद्योग सञ्चालन गरियो । अहिलेसम्म त्यही फर्निचर उद्योग सञ्चालनमा रहेको छ । बैंकबाट ऋण लिएर सञ्चालन गरेको उद्योगले आर्थिक रुपमा बलियो बनाएको छ । काठ ल्याउने, विभिन्न सामाग्री तयार गर्ने र बजारमा बिक्री गरेर सन्धिखर्कमा एउटा घर, भाडामा शुरु गरेको उद्योगमा अहिले आफ्नै जग्गा छ । धेरै मेहनत, परिश्रम, लगावबाट आम्दानी गर्न सफलता मिलेको हो ।

उद्योगमा अहिले नियमित ४ जनाले रोजगारी पाएका छन् । उद्योग राम्रोस“ग फस्टाएको छ । मिस्त्री र कामदार खोज्न भारतसम्म जानु परेको थियो । फर्निचरका लागि वन कार्यालयले काठ लिलामम गर्ने र कुकाठ व्यक्तिबाट किनेर ल्यााउनुपर्छ । सानो भएपनि आफ्नै व्यवसाय गर्न म धेरै खुसी छु । जुनसुकै पेशा, बिजनेश गरेपनि निरन्तरताको मेहनेतले सफल भइन्छ । अहिले ममनकामना फर्निचर उद्योगलाई समिल सञ्चालन गरेर काठ किन्ने, बेच्ने र चिरान गरिदिने काम हुन्छ ।

वन पैदावार संघको अध्यक्ष

फर्निचर उद्योगी, व्यवसायीको हकहितको निम्ती गठित वन पैदावार संघको अध्यक्षको जिम्मेवारी रहेको छ । हामीले काठ काट्ने मात्रै होइन, नया“ विरुवा रोपेर वन हरियाली बनाउँछौं । २ कार्यकाल उपाध्यक्षपछि अध्यक्षको जिम्मेवारी निर्वाह गरेको ३ कार्यकाल भएको छ । राज्यले काठ काटेकै दिन, काठ ल्याउने कानुनी प्रक्रियालाई खुकुलो पार्नुपर्छ । स्वदेशका जंगलमा धेरै काठ नष्ट भएका छन्, विदेशी काठ नल्याएर स्वदेशीलाई उपयोग गर्नुपर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?