भारतले आज बजेट सार्वजनिक गर्दै

एजेन्सी । भारत सरकारले आज आर्थिक वर्ष सन् २०२३/०२४ को अनुमानित आयव्यय विवरण बजेट सार्वजनिक गर्दैछ।

वित्तमन्त्री निर्मला सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची छ। विगत दुई वर्ष जस्तै यस वर्ष पनि केन्द्रीय बजेट पेपरलेस हुनेछ। हिजो सुरु भएको बजेट अधिवेशनमा आर्थिक सर्वेक्षण पेस गरिएको थियो।

आर्थिक सर्वेक्षणले कृषि क्षेत्रमा लगानी बढेको देखाएको छ। यस्तो अवस्थामा सरकारले आफ्नो बजेटमा किसानलाई केही राहत दिन सक्ने विश्वास गरिएको छ। आगामी वर्ष हुने लोकसभा चुनावको ठीक अगाडि ल्याउन लागिएको बजेट यो सरकारको अन्तिम पूर्ण बजेट हो।

बजेट पेश हुनुपूर्व बढ्दो महंगी नियन्त्रणका लागि कस्ता कार्यक्रम आउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। बजेटमा भौतिक पूर्वाधारण निर्माणमा बजेट वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बिबिसीले उल्लेख गरेको छ।  बजेटले मध्यम वर्गलाई करमा राहत दिने पनि अपेक्षा गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?