समयमा रगत नपाउँदा एक सुत्केरीको मृत्यु

अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुखुम्बुकाे सोताङ गाउँपालिका ५ की ३० वर्षीया गंगा बस्नेत रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार विहिबार सोताङ प्राथमिक अस्पतालमै अप्रेशन मार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राती नै जिल्ला अस्पताल फाप्लु ल्याइदै गर्दा उनको बाटैमा ज्यान गएको हो ।

‘ओ’ नेगेटिभ रगत आवश्यक परेको सुत्केरीलाई सोताङमा उक्त रक्त समुहको रगत नभेटिएपछि जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो । एम्बुलेन्स मार्फत राती नै सोताङबाट फाप्लु्का लागि हिडाएका बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटैमा ज्यान गएको प्रमुख शेर्पाले बताईन् ।

समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । शिशुको अवस्था भने अहिले सामन्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?