कमल घिमिरेको अम्तिम प्रेम पत्र

प्रिय पात्र…
मलाई अब कुनै हक नै रहेन तिमीलाई प्रिय मान्छे भन्ने ।
तिमी त गयौं तर तिमी सँगै मेरो भरोसा पनि गयो या तिमी सँगै म पनि रित्तो भए, न शब्द रहे, न साहस । न प्रेम रह्यो न प्रेमी। एक बेनाम सम्बन्ध न पाए, न गुमाए, न म तिम्रो भए, न म मेरो रहे, न तिमी मेरो नजिक, न म तिमीबाट टाढा, फेरि मन चाहिँ किन समीप जस्तो, माया थिएन थाहा छ तर प्रेम जस्तो, जरुरी हैन तर जरुरत जस्तो खै कस्तो कस्तो सम्बन्ध जोड्यौ तिमीले । न अब सम्बन्ध रह्यो न तिमी, बस् ! बाँकी छन् त केही याद, त्यो साथको आभाष अनि बस् सासको अन्त्य हुने समयको आश ।

प्रिय पात्र,
तिम्रो लागि उब्जिएको भावनाहरुलाई शब्दमा उतार्न नपाई तिम्रो मन फेरिन्छ भन्ने थाहा भएको भए टुटिसकेको मनलाई फेरि टुटाउने यो हर्कत किन गर्थे र मैले, साथ निभाउन अघि बढेका तिम्रा ती हातहरुमा मैले आफ्नो हात राख्न नपाउँदैन तिमी आफ्नो रंग देखाउन थाल्छौ भन्ने कुराको ज्ञात भएको भए म तिम्रो हात छुने प्रयास नि किन गर्थे होला । समयसँगै मान्छे फेरिन्छन् भन्ने कुरा तिमीले नै प्रमाणित गर्छौ भन्ने हेक्का भएको भए तिम्रो नजिक जानू भन्दा पहिले नै म आफुलाई तयार पार्थे कि फेरि एक दुःखको भार मैले भोग्नु छ । तर ठिकै छ तिमीमा समर्पित हुनुभन्दा पहिल्यै नै तिमीले आफ्नो भावना पोख्यौ, अब फेरि कहिले कसैको सहानुभूति लाई प्रेम सम्झिने कोसिस गर्ने छैन ।

थाहा छ जब प्रेममा बेजोड तरिकाले हारिन्छ नि तब आफ्नै सास पनि आफैंलाई बोझ लागे जस्तै हुन्छ, जब एकपटक प्रेममा हारी बल्लतल्ल आफुलाई समेटी फेरि कसैले बिश्वास दिलाएर फेरि त्यही प्रेमको बाटोमा लागि बिचल्ली पार्छ नि……तब यस्तो लाग्छ सासलाई बाँसमा चडाएर सास कै मलामी गैदिम् र सास कै श्रद्धाञ्जली दिई सासलाई खरानी बनाई हावामा उडादिम् ताकी सबै पीडा कम हुन्।

खुबै मुस्किलले टुटेको मनलाई जोडेर तिम्रो हातमा राखिदिएको थिए, बिथोलिएकी मलाई समेटेर तिम्रो जिम्मा लगाएकी थिए, फेरि यो बेपरवाही किनरु तिमीले नै अघि बडेर हात थामेको थियौ, तिमीले नै साथ नछोड्ने कसम खाएको थियौ, म जब तिमी मै आश्रीत भए तब हात छोड्नुको अर्थ के ? के सब झुट थियोरु नाई नाई यो हुन सक्दैन, मन मान्दैन ! उसो भए के त्यो मेरो भ्रम थियाे ? होईन, भ्रम एक बार मात्र हुन्छ, त्यो सब बार बार दोहोरिएको थियो, के थियो त्यो सब ?, भ्रम थियो कि प्रेम ?, प्रेम थियो त यो बेवास्ता किन ? भ्रम हो त मन किन मान्दैन ?, हजारौं सवाल छन् म सँग तिम्रो लागि……छैनौ त केवल जवाफ दिने तिमी ।

उफ्फ !
यो प्रेमले मलाई कहिको छोडेन, न म उसको भए जसलाई म प्रेम गर्थे, न म उसको हुन सके जो मलाई प्रेम गर्थ्यो, यस्तो लाग्छ भाग्यमा प्रेम नामको रेखा खुबै कमजोर छ, फिक्का-फिक्का छ, जो मेटिन मुस्किल छ, अनि भेटिन असम्भव ….

प्रीय पात्र ..
प्रेम नभएको होइन तिमिसङ…..म आज पनि बेहिसाब प्रेम गर्छु तिमिलाई र ढुक्क हुनु मेरो प्रेम घट्ने छैन यो जिवनभर समय उस्तै रहेन या भनौ भाविलाई हाम्रो साथ मन्जुर थिएन । छुट्टिने कुराले समेत मन दुखाउने हामी अहिले अन्जानबस्न बाध्य छौ ।  तिमी दुलाहिको रुपमा सजिएर कसैको सिन्दुरले सिउदो रङ्ग्याउदै गर्दा यता बिधुर बनेको म । चितामाथी आफ्नै प्रेम को आहुती दिदै थिए ।

म सकिएको दिन तिमी सजिएको थियौ । म रित्तिएको दिन तिमी सबैको आशिर्वादले भरिएको थियौ । कुनै गुनासो त होइन । साच्चै नै भुल्यौ कि त मजबुर थियौ मन्डप सजाउन तर बारबार एउटा प्रश्नले मन बिझाईरहन्छ । आखिर प्रेम गरेझै गरि उजाड बनाएर किन गयौ

तिमि रमाउनु आफ्नै दुनियाँमा….. छुट्टिएको मान्छे म त । कहि कतै तिम्रै आभास मा भेट्टाउन सक्छौ … त्यतिखेर सम्हालिदिएर मेरो मन लाई याद का सबै भार बोकि लैजानु ।

थाहा छ प्रेम त तिमिले पनि बेहिसाब गर्ने गर्थ्यो । लाचार यो मेरो हात तिम्रो सिउदोमा सिन्दुर खसाउनै मानेन । कसको अभाव मा जिन्दगी रोकिदैन । पाएको छौ कोहि… बेहिसाब प्रेम ले भरिदिनु । म त अस्ताउने तर्खरमा छु. . तिमी चम्किनु उसको हात समाएर । म तारा हुन्छु तिमी मुस्कुराउदै हेरिदिनु । बोल्न त सक्दिन तर तिम्रो मौनतालाई तोडेर म प्रेम गरिरहन्छु ।

उहि
कमल

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?