१९ फागुन, बुटवल । अर्घाखाँचीमा १ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा ५५ वर्षीय भुपाल पुन मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार निर्माणको काम गर्दै आएका प्युठान नौबेनी गाँउपालिकाका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका थिए ।
बिहीबार बेलुका खाना खाएर सुतेको तर बिहान खाना खान नउठेपछि बोलाउदा मृत अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी निरीक्षक रेग्मीले बताए । पुनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।













