पाणिनी : १००० दिने आमाहरूलाई नि:शुल्क क्यालसियम वितरण

२५ फागुन, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनी गाँउपालिका वडा नम्बर ६ धातिवाङमा १००० दिने आमाहरूलाई निशुल्क रूपमा क्याल्सियम वितरण गरिएको छ ।

निर्वाचनका बेला गरिएको प्रतिबद्वता अनुसार १००० दिने आमाहरूलाई निशुल्क रूपमा क्याल्सियम वितरण गरिएको हो । सरकारले आईरन चक्कि निशुल्क रूपमा वितरण गर्दै आएतापनि घरको आर्थिक अवस्था कमजोर भएका कारण क्याल्सियम नपाएको कारण बच्चाहरू कुपोषित हुने अवस्था अझै पनि विधमान रहेको पाईन्छ ।

पोषणयुक्त सामाग्रिअन्तर्गत १ क्यारेट अण्डा, बच्चालाई सरसफाइमा सहयोग पुर्‍याउन १/१ वटा नरम टावेल महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरीएकाे वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए  । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्रि स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरू खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ्ग माविका प्र.अ. हिमलाल पौडेल स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेल लगायतले पोषणमैत्रि वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम स्वास्थ्य चौकि प्रमुख मित्रदेव पौडेलको सञ्चालन तथा सहजिकरण अहेव हेमन्त घिमिरेको स्वागत तथा वडा अध्यक्ष तथा स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?