मेरो माईक्रोफाइनान्स लघुबित्तकाे गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

मेरो माईक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था प्रा.लीको बार्षिक केन्द्र प्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

यहि चैत्र २२ गते बुधबार तिलोत्तमा १५ स्थित प्वाइन्ट रेष्टुरेण्ट एण्ड प्रालीमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै आफ्नै देशमा सिप सिकेर केही गरौ भन्ने भवना भएका तर लगानी नभएर दोधारमा परेकाहरुलाइ आफुहरुले सहयोग गर्ने भन्दै कार्यालय प्रमुख सन्तोष शर्माले ब्यवसाय गर्न चाहानेलाई मेरो माईक्रोफाइनान्स लघुवित्तबाट बिना धितो सात लाख सम्म ॠण उपलब्ध गराउने जानकारी दिए ।

कार्यक्रममा बोल्ने क्रममा मेरो माईक्रोफाइनान्सको सदस्य रुकु लम्तरिले निकै भावुक हुँदै भनिन् “कुनै दिन कसैले नपताउदा मलाइ मेरो माईक्रोफाइनान्सले ॠण दिएको थियो, ॠण लिएपछि मैले सहि सदुपयोग गरे ।” उनले उक्त कर्जा लगानी गरेको र वर्तमान अवस्थामा आत्मानिर्भर भएको उल्लेख गर्दै अरुलाई पनि कर्जाको सहि सदुपयोग गर्न र आम्दानीअनुसारको खर्च गर्न सुझाव दिएकी थिएन ।

साथै असल ॠणिको रुपमा समयमा नै किस्ता तिर्ने र संस्थाको नियम गरेको भन्दै संस्थाले रुकु लमतरीलाई खादा, प्रमाणपत्र र नगदले सम्मान गरेको थियो ।

न्यून आय भएका व्यक्तिहरु खासगरी महिलाहरुलाई लघुव्यवसायमा सहभागी गराउँदै उनीहरुविच लघु बचत संकलन गर्न तथा सामुहिक लगानीमा लघु कर्जा उपलब्ध गराउने मेरो माईक्रोफाइनान्स लघुवित्तको मुख्य उदेश्य रहेको छ ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?