ब्याजदर घट्ने भएपछि नेप्से ९२.२२ अंकले बढ्यो

काठमाडौं । ब्याजदर घटाउन बैंकर्स संघको निर्णयसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो । राष्ट्र बैंकको उक्त भनाइले आगामी दिनमा कसिलो नीति विस्तारै खुकुलो बनाउने विश्वास र १ वैशाखदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाउने बैंकर्सको सहमतिले सेयर बजारमा हरियाली छाएको हो ।

साताको चौथो कारोकार दिन बुधबार बजार परिसूचक नेप्से ४।९३ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्से ९२।२२ अंकले वृद्धि हुँदा १९६३।५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार बैंकिङ उपसूचक नै ५।४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६।८४ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा पनि कारोबारा रकमले भने लगानीकर्तामा अझै विशवस्त हुन नसकेको देखाउँछ । जसले गर्दा कारोमार रकम २ अर्ब पनि पुग्न सकेन । बुधबार ४७ हजार २८५ वटा कारोबारमा ६१ लाख ७ हजार ४२५ कित्ता सूचीकृत धितोपत्र कारोकार हुँदा १ अर्ब ९७ करोड ६१ लाखको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड ३० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य पनि बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?