सन्दीप चम्किएपछि कतारविरुद्ध नेपाल विजयी

सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो ।

कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए।

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

समूह एबाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बन्न सफल भएको छ । नेपालले खेलेका ४ मध्ये ३ मा जित निकालेको छ भने एक खेल वर्षाले अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?