नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि बाटो खुल्यो

काठमाण्डाै । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडी दर्ता गर्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले यो व्यवस्था गरेको हो । यसअघि नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’ को दर्ता र सञ्चालनमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।

अब नेपालमा जडान वा नेपालमै उत्पादन हुने सबै गाडीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रयोजनका लागि भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे छ । तर यसको सट्टामा मूल्य अभिवृद्धि कर बिजक पेस गर्नुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?