गुल्मीमा वनमा आगो लगाउने व्यक्ति पक्राउ

गुल्मी । गुल्मीमा लुकिछिपी वनमा आगो लगाउने एक जनालाई डिभिजन वन कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने इस्माकै कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत जीवन पङ्गेनीले बताए ।

बस्नेतले गएको १० गते जडीबुटी उद्यानमा आगो लगाएको भन्ने प्रमाणका आधारमा डिभिजन वन कार्यालय गुल्मीका वन कर्मचारीले बस्नेतलाई पक्राउ गरी वन अपराध मुद्दामा  जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ।

आगलागीमा संलग्न बस्नेतलाई अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीमार्फत् एक करोडभन्दा धेरै लगानी गरी जडीबुटी उद्यान निर्माण गरिएको थियो ।

वन उद्यानमा रोपिएका एक सय भन्दा धेरै विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगलागी गर्ने व्यक्तिलाई साठी हजार रुपैयाँ जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।

वन वातावरण संरक्षण जस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा उल्टै राजनीतिक दलहरुको दबाबका कारण वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्याउन खोजेको डभिजनल वन अधिकृत पङ्गेनीले बताए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?